Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सेजन अवार्डबाट चार पत्रकार पुरस्कृत

सेजन अवार्डबाट चार पत्रकार पुरस्कृत

काठमाडौं, १५ मंसिर । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसर पारेर प्रदान गर्ने उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार (सेजन अवार्ड) बाट यस वर्ष पनि चार जना पत्रकार पुरस्कृत भएका छन् ।

सेजनले २० औ स्थापना दिवसको अवसर पारेर आज छापातर्फ नागरिक दैनिकका दिलिप पौडेल, कान्तिपुर दैनिकका कृष्ण आचार्य र डिजिटल मिडियातर्फबाट राष्ट्रिय समाचार समितिका किरण भट्टराई र कर्पोरेट नेपालका सिताराम विलासिलाई पुरस्कृत गरेको छ । त्यस्तै क्यापिटल नेपालका बिनय बञ्जारालाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । उनीहरुलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले नगद र प्रमाणपत्र प्रदान गरेका हुन ।

कार्यक्रममा उपाध्यक्ष वाग्ले सहित नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरंजीवि नेपालले मुलुकको आर्थिक विकासका लागि आर्थिक पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै जिम्मेवारिपूर्वक पत्रकारिता गर्न आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x