Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेञ्चुरी बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर

सेञ्चुरी बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २८ फागुन । सेञ्चुरी कमर्सियल बैंकको सातौं वार्षिकोत्सवको उपल्यक्षमा गत फाल्गुण २५ गते बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरियो । उक्त शिविरमा चाबहिल, काठमाडौंस्थित ओम हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि. बाट चिकित्सक तथा पुल्चोक, ललितपुरस्थित रक्तसञ्चार सेवा केन्दको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षणका साथसाथै आखां, मुटु, अर्थो तथा ग्यास्ट्रो सम्बन्धी स्वास्थ्य परीक्षण पनि गरिएको थियो । बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेतको सहभागी उक्त शिविरमा १०० जनाभन्दा बढीको निः शुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ७० जनाभन्दा बढीको सहभागी थियो । उक्त कार्यक्रममा बैंकको अध्यक्ष श्री राजेश कुमार श्रेष्ठज्यू तथा बैंकका संञ्चालकज्यूहरु, का.मु. प्रमुख कार्यकारी अधिकृतज्यू, शेयरधनीहरु, कर्मचारी तथा ग्राहकहरुको उपस्थिती थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x