Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सेन्ट्रल फाइनान्सको मुल्य समायोजन

सेन्ट्रल फाइनान्सको मुल्य समायोजन

काठमाडौं, ४ पौष । सेन्ट्रल फाइनान्सको शेयर मुल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले फाइनान्सको शेयर १४८ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार फाइनान्सको शेयर आधार मुल्य १७१ रुपैयाँ रहेको छ । फाइनान्सले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएकोले उसको शेयर मुल्य समायोजन गरिएको छ ।

फाइनान्सको पौष ४ गते शेयर दर्ता पुस्तिका बन्द हुनेछ । मंसिर २४ गते बसेको फाइनान्सको संचालक समितिले पौष ४ गते शेयर दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २६ लाख ३ हजार ३१४.०८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनको लागि फाइनान्सले एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x