Date

शनि, चैत्र १७, २०८०
Sat, March 30, 2024

सेयर बजारमा एक अर्ब ९२ करोड बढीको कारोवार

सेयर बजारमा एक अर्ब ९२ करोड बढीको कारोवार

 

काठमाडौँ, जेठ १३ गते ।  धितोपत्र बजारमा गत साता रु एक अर्ब ९२ करोड २७ लाख ३१ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८३ कम्पनीको ४१ लाख ३७ हजार ४३० कित्ता शेयर कारोबार भएको हो ।

कारोबार रकम गत साताकोभन्दा ७७ दशमलव ७१ प्रतिशत बढी हो । गत साता १७६ कम्पनीको २३ लाख २९ हजार ४४० कित्ता शेयर रु एक अर्ब आठ करोड १९ लाख ४१ हजारमा खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २० दशमलव ९७ अंकले घटेर अन्तिम दिन १३१८ दशमलव २२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा चार दशमलव ३७ अंकले घटेर २७७ दशमलव ८९ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो बैंकको रु २२ करोड ८५ लाख बराबरको शेयर कारोबार भएको थियो ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x