Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर बजारमा गिरावट

सेयर बजारमा गिरावट

काठमाडौं, २ असार । सेयर बजारमा आज पनि गिरावट आएको छ । आर्थिक वर्ष २०७५÷०७६ को दोस्रो कारोबार दिन आज बजार ५.५४ अंकले घटेर ११९८.६१ को बिन्दुमा झरेको छ । हजो पनि बजारमा ८ अंकको गिरावट आएको थियो ।

त्यस्तै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को साइटमा केही प्राविधिक समस्या उत्पन्न हुँदा आज केही समय कारोबार समेत केही प्रभावित बनेको थियो ।

सो दिन नविल बैंक लिमिटेडको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । त्यस्तै नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x