Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक ११८४.५३ बिन्दुमा झर्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक ११८४.५३ बिन्दुमा झर्यो

काठमाडौं, १७ असार । साताको पहिलो दिन आज सेयर बजार १४.०१ अंकले घटेर ११८४.५३ का विन्दु झरेको छ । आज कारोबारमा आएका सबै समूहको परिसूचक ओरालो लागेको छ । त्यसमा पनि सबैभन्दा बढी बीमा समूहको परिसूचक ८९.०३ अंकले घटेको छ ।

बजारसँगै कारोबार रकममा समेत ठूलो गिरावट आएको छ । आज एक सय ८५ कम्पनीको १९ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

साताको अन्तिम दिन गत बिहिबार २४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो । दिनभरमा भएको ३ हजार ६ सय ८३ कारोबारबाट ६ लाख १९ हजार ७ सय ४१ कित्ता सेयर किनबेच भएको छ । त्यसमा सबैभन्दा धेरै नेपाल बैंकको सेयर किनबेच भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x