Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेयर बजारमा १० अर्व लगानी गर्न एनआरएनए तयार

सेयर बजारमा १० अर्व लगानी गर्न एनआरएनए तयार

काठमाडौं, ७ पुस । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरुले नेपालको पूँजीबजारमा लगानी गर्ने व्यवस्था भएमा सुरुमै १० अर्ब लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीसँग सेयर बजारमा एनआरएनको लगानीका बारेमा छलफल गर्न पुगेका पदाधिकारीहरुले सो प्रतिवद्धता जनाएका हुन ।

एनआरएनका अध्यक्ष भवन भट्टले विदेशमा ठूलो संख्यामा छरिएर रहेका एनआरएनहरु नेपालको पुँजी वजारमा संस्थागतरुपमा लगानी गर्न इच्छुक रहेको बताए । उनले आफुहरुको सुरुमै १० अर्ब लगानी गर्ने मनसाय तयार पारेको पनि बताए ।

जवाफमा अध्यक्ष डा कार्कीले नेपालको धितोपत्र वजारमा एनआरएनलाई सहभागी गराउन आवश्यक नीतिगत व्यवस्था गर्न वोर्डले कार्य अगाडि वढाई सकेको जानकारी दिए । एनआरएनका लागि धितोपत्रको दोस्रो बजार खुला गर्ने सम्बन्धमा बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थमन्त्रालयका प्रतिनिधि तथा विज्ञ सम्लग्न समिति गठन भई अध्ययन र प्राथमिक बजारमा लगानी अवसर उपलब्ध गराउने सम्बन्धमा बैकल्पिक लगानी साधन सम्बन्धी नियमावलीको मस्यौदा कार्य भइरहेको कार्कीले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x