Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर बजार ३१ अंकले बढ्यो, १ अर्व १२ करोडको कारोबार

सेयर बजार ३१ अंकले बढ्यो, १ अर्व १२ करोडको कारोबार

काठमाडौं, ५ बैशाख । बुद्यबार सेयर बजार दोहोरो अंकले बढेको छ । २०७५ साल सुरु भएयता बढ्ने क्रममा रहेको बजार आज ३१.८१ अंकले बढेर १३६३.०१ बिन्दुमा उक्लिएको छ ।

सो दिन कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ । जसमा सबैभन्दा बढी हाइड्रोपवार समूहको परिसूचक १०७.७३ अंकले बढेको छ भने इन्स्योरेन्स समूहको परिसूचक ६३.५१, विकास बैंक ६५.३४,बैंकिङ समूह ३२.८९ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक २८.३५ अंकले बढेको छ ।

त्यस्तै सो दिन एक सय ६५ कम्पनीको १ अर्व १२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएकोमा युनाइटेड इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सबैभन्दा धेरै नाग्दी गु्रप पावरको लगानीकर्ताले कमाएका छन् भने एसियन लाईफ इन्स्योरेन्सका लागनीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x