Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सेयर बजारमा ४१ अंकको गिरावट, लगानीकर्ता संघले भन्यो–अर्थमन्त्रीको नकारात्मक अभिव्यक्तिको प्रभाव !

सेयर बजारमा ४१ अंकको गिरावट, लगानीकर्ता संघले भन्यो–अर्थमन्त्रीको नकारात्मक अभिव्यक्तिको प्रभाव !

काठमाडौं, २० फागुन । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ४१ अंकको गिरावट आएको छ । संचालनमा आएदेखिनै निरन्तर ओरालो लागेको बजार कारोबारको तेस्रो घण्टामा ५४ अंकले घटेर १२९१.८५ बिन्दुमा झरेको थियो ।

त्यसपछि केही संहालिएको बजार अन्तमा ४१.५६ अंकले घटेर १३०४.४३ बिन्दुमा उक्लिएर बन्द भएको थियो । बजारको यो बिन्दु एकवर्ष यताकै सबैभन्दा न्यून हो । त्यो दिन कारोबारमा आएका मध्ये सबै समूहको परिसूचक ओरालो लागेको छ । जसमा इन्स्योरेन्स समूहको परिसूचक २८६ , हाइड्रो पावर ६२ र फाइनान्स समूहको परिसूचक ११ अंकले गिरावट आएको छ। एक सय ५१ कम्पनीको ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा नेपाल लाईफ इन्स्योरेन्सको सबैभन्दा धेरै कित्ता सेयर कारोबार भएको छ ।

केही समय यता बजार निरन्तर आरालो लागेको छ । नवनियूक्त अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक भनेको र बजारमा सोही अभिव्यत्तिको प्रभाव परेको विश्लेषण गरिएको छ । बजार ५४ अंकले घटेसँगै सेयरलगानीकर्ता संघले पनि एक विज्ञप्ती जारी गर्दै मन्त्री खतिवडाको नकारात्मक अभिव्यत्तिको सेयर बजारलाई डुबाउन खोजेको भन्दै खण्डन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x