Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर बजारमा ९ अंकको गिरावट, कारोबार १८ करोडमा सिमित

सेयर बजारमा ९ अंकको गिरावट, कारोबार १८ करोडमा सिमित

काठमाडौं, ११ असार । साताको दोस्रो कारोबार दिन आज सेयर बजार ९.७२ अंकले घटेको छ । होटल र उत्पादन तथा प्रशोधन समूहबोक आज कारोबारमा आएका अन्य सबै समूहको परिसूचक आरोलो लागेको छ।

होटल समूहको परिसूचक २.२६ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.८६ अंकले बढेको छ । तर बैंकिङ समूह ८.११, विकास बैंक १०.२९, हाइड्रोपावर १७.१२, बीमा ७९.७६ र माइक्रोफाइनान्स समूहको परिसूचक १३.७५ अंकले घटेको छ ।

परिसूचकसँगै कारोबार रकम पनि खासै बढ्न सकेन । १५८ कम्पनीको १८ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । जसमा खानीखोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने जेविल्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

पछिल्लो समय सेयर बजार खासै उत्साहजनक रुपमा बढ्न सकेको छैन । यो एक महिनाको अवधीमा मात्र बजार १ सय ५५ अंकले तल झरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x