Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सेयर बजार गतसाताको भन्दा आठ दशमलव ५६ प्रतिशत बढी

सेयर बजार गतसाताको भन्दा आठ दशमलव ५६ प्रतिशत बढी

काठमाडौ, जेठ १९ । धितोपत्र बजारमा यस साता २ अर्ब ८ करोड ७३ लाख ५१ हजार बराबरको शेयर कारोवार भएको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १८३ कम्पनीको ४७ लाख ४४ हजार ८१० कित्ता शेयर खरिद बिक्री भएका छन्। कारोवार रकम गत साताको भन्दा आठ दशमलव ५६ प्रतिशत बढी हो।

गत साता १८३ कम्पनीको १ अर्ब ९२ करोड २७ लाख ३१ हजार बराबरका ४१ लाख ३७ हजार ४३० कित्ता शेयर खरिद बिक्री भएका थिए। साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा सात दशमलव २५ अंकले बढेर अन्तिम दिन १३०७ दशमलव ६६ अंकमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव १७ अंकले बढेर २७५ दशमलव २८ अंकमा आइपुगेको छ।

यस साता कारोवार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ। सो बैंकको ७ करोड ५४ लाख ९० हजार बराबरको शेयर कारोवार भएको छ। यस्तै कारोवार भएको शेयर संख्याका आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संस्थापक अग्रस्थानमा छ। सो बैंकको ३ लाख ३७ हजार कित्ता शेयर कारोवार भएको छ।

यसैगरी, यस साता सिभिल बैंक लिमिटेडको २ करोड ७ लाख ४० हजार ८८६ कित्ता हकप्रद, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख २१ हजार ५०० कित्ता बोनस, एनएलजी इन्स्योरेन्स कम्पनीको १ लाख २८ अजार ८१२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ३० लाख ५ हजार कित्ता बोनस र साना किसान विकास लघुवित्तको १२ लाख ५७ हजार ६५५ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x