Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेयर बजार २५ अंकले बढेर १३८८.३१ बिन्दुमा उक्लियो

सेयर बजार २५ अंकले बढेर १३८८.३१ बिन्दुमा उक्लियो

काठमाडौं, ६ बैशाख । साताको अन्तिम कारोबार दिन आज पनि सेयर बजार उकालो लागेको छ । पछिल्ला केही दिन यता निरन्तर बढिरहेको बजार आज २५.३० अंकले बढेर १३८८.३१ बिन्दुमा उक्लिएको छ ।

सो दिन व्यापार समूहको परिसूचक २.२ अंकले घटेपनि कारोबारमा आएका अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । सबैभन्दा धेरै इन्स्योरेन्स समूहको परिसूचक ५१.२३ अंकले बढेको छ। त्यस्तै बैंकिङ समूह २४.५१, हाइड्रोपावर ४४.८७, होटल २१, माइक्रोफाइनान्स १४ र अन्य समूहको परिसूचक २८.६६ अंकले बढेको छ।

१ सय ६८ कम्पनीको १ अर्व ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै सेयर किनबेच भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x