Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेयर बजार ४ अंकले बढ्दा ४४ करोडको कारोबार

सेयर बजार ४ अंकले बढ्दा ४४ करोडको कारोबार

काठमाडौं, २९ चैत । साताको अन्तिम कारोबार दिन आज सेयर बजार झिनो अंकले उकालो लागेको छ । हिजो ३.१० अंकले उकालो लागेको बजार आज ४.२२ अंकले उकालो लागेको छ ।

आज बैंकिङ र फाइनान्स बाहेक कारोबारमा आएका अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । बैंकिङ समूहको परिसूचक १.१२ र फाइनान्स समूहको परिसूचक ५.०६ अंकले घटेको छ । तर सबैभन्दा बढी इन्स्योरेन्स समूहको परिसूचक ७९.८७ अंकले बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन ३८.७४, होटल १९.५८, विकास बैंक ११.४१ र माइक्रोफाइनान्स समूहको परिसूचक १०.७१ अंकले उकालो लागेको छ ।

आज १ सय ६५ कम्पनीको ४४ करोड रुपैयाँ बारबरको सेयर कारोबार भएको छ । जुन कारोबार रकम हिजोको तुलनामा १६ करोड रुपैयाँले बढी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x