Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेयर बजार ४ अंकले बढ्यो, २२ करोडको कारोबार

सेयर बजार ४ अंकले बढ्यो, २२ करोडको कारोबार

काठमाडौं, २ जेठ । सेयर बजारमा आज झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन ५ अंकले घटेको बजार आज ४.१६ अंकले बढेर १३३८.०१ बिन्दुमा चढेको छ ।

त्यस्तै कारोबार रकममा पनि आज सुधार आएको छ । हिजो १४ करोड रुपैयाँको मात्र सेयर कारोबार भएकोमा आज भने एक सयल ५८ कम्पनीको २२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । त्यसमा पनि सबैभन्दा धेरै ओमी माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर कारोबार भएको छ ।

आज फाइनान्स समूहको परिसूचक २.८४ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ६.८७ अंकले घटेपनि बाँकी अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । सबैभन्दा बढी होटल समूहको परिसूचक ४६.१४ बढेको छ। त्यस्तै माइक्रोफाइनान्स २२.८४, हाइड्रोपावर १३.१३ र व्यापार समूहको परिसूचक ८.८३ अंकले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x