Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सेयर बजार ५० अंकले बढेर १४३८ को बिन्दुमा उक्लियोे, १ अर्व २३ करोडको कारोबार

सेयर बजार ५० अंकले बढेर १४३८ को बिन्दुमा उक्लियोे, १ अर्व २३ करोडको कारोबार

काठमाडौं, ९ बैशाख । आइतबार सेयर बजार ५०.१८ अंकले बढेर १४३८.४९ बिन्दुमा उक्लिएको छ । आइतबारको यो वृद्धिसंगै बजार पाँच महिना अगाडिकै अवस्थामा फर्किएको छ ।

वर्ष २०७५ को सुरुको कारोबार दिन गत बैशाख २ गते देखि बजार निरन्तर बढिरहेको छ । आज यो वर्षको  छैठौ कारोबार दिन हो । आज १६७ कम्पनीको २८ लाख ८९ हजार कित्ता सेयर एक अर्ब २३ करोड रुपैयाँमा खरिद बिक्री भएको छ । जसमा कुमारी बैंकको सबैभन्दा बढी कारोबार भएको छ ।

त्यस्तै कारोबारमा रहेका सबै समूहको परिसूचक बढेको छ । त्यसमा सबै भन्दा बढी लघुवित्त समूह ५.८९ प्रतिशतले बढेको छ। जलबिद्युत ५.२६, बीमा ५०.३, विकास बैंक ३.७९,फाइनान्स ३.३७, बैंक ३.२६, होटल ३.१४ र उत्पादन मूलक समूहको परिसूच्क १.७१ प्रतिशतले बढेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x