Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सेयर बजार ९.०१ अंकले बढ्यो

सेयर बजार ९.०१ अंकले बढ्यो

काठमाडौं, २५ माघ । केही दिनयता निरन्तर ओरालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन बिहिबार केही सुधार देखिएको छ । सो दिन बजार ९.०१ अंकले बढेर १३९१.०३ बिन्दुमा बन्द भएको छ ।

त्यसदिन फाइनान्स र व्यापार समूहको परिसूचक झिनो अंकले ओरालो लागेपनि कारोबारमा आएका अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । जसमा सबैभन्दा बढी इन्स्योरेन्स समूहको परिसूचक ७२.९४ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन समूह भने स्थिर रह्यो ।

बजार बढेपनि कारोबार रकम भने बढ्न सकेन् । सो दिन एक सय ५२ कम्पनीको २६ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भयो । त्यसमा नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै कित्ता सेयर किनबेच भएको छ । सूर्योदय लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले भने सो दिन सबैभन्दा धेरै कमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x