Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

सोमबार दोहोरो अंकले बढ्यो नेप्से

सोमबार दोहोरो अंकले बढ्यो नेप्से

काठमाण्डौं, १८ भदौ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव ९८ अंकले बढेर १ हजार २ सय ६ दशमलव २६ को बिन्दुमा कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने ३ दशमलव ०७ अंकले बढेर २ सय ५४ दशमलव ८७ अंकमा पुगेर बन्द भएको छ ।

आज कुल १ सय ६९ कम्पनीको १८ लाख ९८ हजार ३ सय ५ कित्ता शेयर खरिदबिक्री हुँदा ५४ करोड ६० लाख २१ हजार ७ सय १९ रुपैयाँको कारोबार भएको छ ।

आज  सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको शेयर भएको छ । जसको आज जम्मा १० करोड ८३ लाख १४ हजार ५ सय ३३ रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै आज सर्वाधिक कमाउनेमा लक्ष्मी बैंक र काबेली विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा लगभग १० प्रतिशत बढेको छ । साथै सर्वाधिक गुमाउनेमा नाडेप गु्रप पावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ७ दशमलव ९५ प्रतिशतले घटेको छ ।

सोमबार होटल र अन्य समूह घटेका छन् भने बाँकी सबै समूहहरु बढेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x