Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सोल्टी होटलको शेयर मुल्य भयो समायोजन

सोल्टी होटलको शेयर मुल्य भयो समायोजन

काठमाडौं, ४ मंसिर । लाभांश प्रयोजनका लागि सोल्टी होटल लिमिटेडको शेयर मुल्य २६९ रुपैयाँमा समायोजन आज भएको छ । नेपाल स्टक एक्सचेन्जले जनाए अनुसार होटलको शेयरको आधार मुल्य २९९ रुपैयाँ रहेको छ ।

कम्पनीको ४३औं वार्षिक साधारण सभामा शेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश दिने भएको छ । उक्त लाभांश मध्ये १५ प्रतिशत बोनस शेयर र ६.०५ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले मंसिर ४ देखी २८ गतेसम्मका लागि शेयर दर्ता पुस्तिका बन्द गरेको छ । मंसिर ३ गतेसम्म कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ताहरुले सो लाभांश पाउने छन् ।

कम्पनीले मंसिर २८ गते ४३औं वार्षिक साधारण सभा बोलाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x