Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

स्ट्यान्डर्ड चार्टर्ड बैंकको वाकाथन तथा फुडफेष्टिवल सम्पन्न

स्ट्यान्डर्ड चार्टर्ड बैंकको वाकाथन तथा फुडफेष्टिवल सम्पन्न

काठमाडौं, २३ मंसिर । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको वाकाथन तथा फुड फेष्टिबल २०१७ सम्पन्न भएको छ । बैंकले विगत लामो  समय देखि बैंकिङ सचेतनाका लागि वाकाथन आयोजना गर्दै आएको छ ।

काठमाडौंको नयाँ बानेश्वर स्थित केन्द्रिय कार्यालयबाट सुरु भएको वाकाथन बबरमहल, माइतिघर, त्रिपुरेश्वर, नयाँ सडक, जमल हुदै लाजिम्पाट स्थित बैंकको शाखा कार्यालयमा पुगेर समापन भएको थियो । वाकाथन एवं फुडफेष्टिबलमा बैंक प्रमुख कार्यकारी अधिकृत, बैंक उच्च व्यवस्था कार्मचारी सहित ग्राहक सहित २ सय भन्दा बढीको सहभागिता रहेको थियो ।

वाकाथनसँगै सामाजिक सेवाका लागि बैंकले यसपटक फुट फेष्टिबल पनि आयोजना गरेको थियो । जसबाट संकलित रकमलाई सामाजिक सेवाको क्षेत्रमा लगाउने बैंकले जनाएको छ । त्यस्तै माइति नेपालीकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले बैंक तथा वित्तिय क्षेत्रले व्यवसाय मात्र नभई सामाजिक कार्यलाई पनि प्राथमिकतामा राखेकोमा खुसी व्यक्त गरिन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x