Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

स्वीस सेनाद्वारा सैनिक महिलालाई सेल्फी खिच्न रोक

स्वीस सेनाद्वारा सैनिक महिलालाई सेल्फी खिच्न रोक

नयाँ जोगीले धेरै खरानी घस्छ भनेझैं सेनामा नयाँ भर्ति हुने केटीहरुले सैनिक पोशाकमा थरी-थरी पोज दिएर सेल्फी खिच्ने र सामाजिक सञ्जालमा राख्ने गरेको पाइएको छ । स्वीस आर्मीका प्रवक्ता डेनियल रेइस्टले भने, ‘हामीले स्पष्ट आदेश दिएका छन्, युनिर्फममा सेल्फी खिच्न मनाही छ । खिच्नै पर्‍यो भने कमाण्डरको अनुमति लिनुपर्छ ।’

उनले अगाडि भने, ‘यदि कसैले सामाजिक सञ्जालमा यौनजन्य, जातीयता झल्काउने वा अन्य वाहियात पोष्टहरु गरेको खण्डमा हाम्रो सैनिक प्रहरीले हस्तक्षेप गर्नेछ । यदि कसैले सैनिक जीवनका सुखद अनुभुतिहरु साट्न चाहन्छ भने त्यसमा आपत्ति हुँदैन ।’

२४ वषिर्या भ्यालेन्टिन मोरिना एक महिला सैनिक हुन् जो सामाजिक सञ्जालमा नियमित सेल्फी पोष्ट गरिरहन्छिन् । उनी आफ्नो सेल्फीमा प्राउड, स्ट्रङ जस्ता ह्यासट्यागहरु प्रयोग गर्छिन् । उनी भन्छिन्, ‘चार सय पुरुषहरुबीच म एक्ली महिला थिएँ । तैपनि मेरो अनुभव सुखद रह्यो र आफ्नो अनुभव सबैसँग सेयर गर्न रुचाउँछु ।’

स्वीस आर्मीले आर्मी करिअरको वास्तविकताबारे जनचेतना जगाउने उद्देश्यले अर्को वर्षबाट सामाजिक सञ्जालमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ । एजेन्सीको सहयोगमा

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x