Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हकप्रदको लागि प्राइमले तोक्यो बुक क्लोजको मिति

हकप्रदको लागि प्राइमले तोक्यो बुक क्लोजको मिति

काठमाडौं, ६ फागुन । हकप्रद शेयर निष्कासनका लागि प्राइम लाईफ इन्स्योरेन्सले फागनु १७ गते शेयरदर्ता किताव बन्द गर्ने भएको छ । इन्स्योरेन्सले १ बराबर १.६ कित्ता अर्थात १६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

प्राइमले एक सय रुपैयाँ अंकित मुल्य भएको ९७ करोड ६३ लाख २० हजार रुपैयाँको ९७ लाख ६३ हजार दुई सय कित्ता हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ । फागुन १६ गतेसम्म इन्स्योरेन्सको शेयर किन्ने शेयरधनीहरुले हकप्रद शेयरको लागि आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयरको पुँजीकरण पछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ । प्राइमको हाल चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x