Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

हकप्रद प्रयोजनको लागि वोमी माइक्रोफाइनान्सको बुक क्लोज

हकप्रद प्रयोजनको लागि वोमी माइक्रोफाइनान्सको बुक क्लोज

काठमाडौं, २६ वैशाख । हकप्रद शेयर निष्कासनको प्रयोजनको लागि वोमी माइक्रोफाइनान्सको जेठ २ गते शेयर दर्ता किताब बन्द हुने भएको छ । माइक्रोफाइनान्सले १० बराबर ३ कित्ता अर्थात ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ ।

माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २ करोड ३३ लाख २८ हजार रुपैयाँ बराबरको २ लाख ३३ हजार २८० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । माइक्रोफाइनान्सले हकप्रद शेयर निष्कासनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हकप्रद शेयर निष्कासन पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ७ करोड ७७ लाख रुपैयाँबाट १० करोड १० लाख रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x