Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हात्ती फाष्टवाकमा अनारकली, बम्बोजकली र एकताकली फाइनलमा

हात्ती फाष्टवाकमा अनारकली, बम्बोजकली र एकताकली फाइनलमा

यस्तै हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकली, एकताकली र पुष्पाकली फाइनलमा गएको नतिजा प्रकाशन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए ।

फुटबलमा अर्घाखाँची सिमेन्ट विजयी

हात्तीका फुटबल प्रतियोगितामा अर्घाखाँची सिमेन्ट विजयी भएको छ । खेलमा आर्मी मोटर्सलाई हराउँदै अर्घाखाँची सिमेन्ट ३-२ गोलले विजयी भएको हो । अब उसले फाइनलमा प्रभुसँग भिड्ने छ । यसअघि मंगलबारको खेलमा सिजी फुड्सलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रभु बैंकले फाइनलको यात्रा तय गरेको थियो ।

जारी हात्ती महोत्सव अन्तरगत बुधबार भएको अर्घाखाँची र आर्मी मोटर्स बीचको खेल १-१ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । त्यसपछि पेनाल्टीमा गएको खेलमा आर्मीका कसरागजले एक गोल गरे । अर्घाखाँचीका सिमसारकली र माडीगजले गोल गरे ।

व्ल्यू प्लानेटले दोस्रो चरणमा

एयर डाईनाष्टिक हात्तीपोलो प्रतियोगितामा कुमारी बैंकलाई ३-२ गोल अन्तरमा हराउँदै व्ल्यू प्लानेटले दोस्रो चरणको यात्रा तय गरेको छ ।

विनोद चौधरीले ९, ११ र १२ मिनेटमा गोल गरे । निर्धारित २० मिनेटको खेलमा कुमारीका योगेन्द्र अधिकारीले ६ मिनेटमा र श्रीमंगल महत्तोले थपिएको एक मिनेटमा गोल गरेकेा हात्ती महोत्सवका संयोजक दिपक भट्राईले बताए ।

डुंगा दौडतर्फ तीनवटा डुंगा र गाडा दौडतर्फ ६ वटा गाडा दोस्रो चरणमा प्रवेश गरेको नतिजा प्रकाशन समितिका सदस्य परमानन्द गर्गले जानकारी दिए ।

महोत्सवको तेस्रो दिन करिब ३० हजार बढी दर्शकले अवलोकन गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x