Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हिमशिखरद्धारा लगानी १२ करोड ७९ लाख, ९८ हजार

धनगढी,२३ पुस

हिमशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले भर्खरै सम्पन्न ७ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक बिजेता एलिना चौधरीलाई नगद ५ हजार सहित सम्मान गरेको छ ।

शनिबार हिमशिखरले आफ्नो ९ औं बार्षिकोत्सबको अबसरमा धनगढीमा एक कार्यक्रमको आयोजना गरि स्वर्ण पदक बिजेता चौधरीलाई सम्मान गरेको हो । एलिसा चौधरीले ७ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा उसु तर्फ ४८ केजी तौल समुहका स्वर्ण पदक जितेकी थिईन । उनले यस अघि पनि दुई पटक स्वर्ण पदक जितिसकेकी छन् ।

सहकारीका संचालक समिति उपाध्यक्ष रोशन सिंहको सभापतित्वमा भएको कार्यक्रममा सहकारी तथा प्रशिक्षण डिभिजनका प्राचार्य हरीसिंह साउँदले नगद सहित दोसल्ला र सम्मान पत्रले खेलाडी चौधरीलाई सम्मान गरे । सोही अबसरमा उसु प्रशिक्षक रतन खातीलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको छ । सम्मान भएपछि मन्तब्य ब्यक्त गर्दै उसु खेलाडी एलिना चौधरीले सम्मानले आफुलाई झन जिम्मेवार बनाएको बताईन । उनले यसरी सबैको सम्मान र सहयोगले अब हुने प्रतियोगिताहरुमा पदक जित्न थप हौसला मिलेको बताईन ।

कार्यक्रममा सहकारी तथा प्रशिक्षण डिभिजनका प्राचार्य हरीसिंह साउँद, क्षेत्रीय खेलकुद बिकास समितीका पुर्ब अध्यक्ष तेजेन्द्र थापा, उसु प्रशिक्षक रतन खाती, पत्रकार हिमाल जोशी, हिमशिखर सहकारी शिक्षा उपसमितीका सदस्य चेतमान साउँद, बजार प्रमुख मन्जु शाही लगायतले सम्मानित ब्यक्तित्वलाई बधाईका साथै हिमशिखर ९ औं बर्षमा प्रबेश गरेकोमा सफलताको सुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा हिमशिखरका प्रबन्धक महेन्द्र शाहीले स्वागतका साथै संस्थाको प्रगती प्रस्तुत गरेका थिए । उनले हिमशिखरमा पुस १० गते सम्म सेयर सदस्य १ हजार ३ सय ८६, शेयर पुजी १ करोड २१ लाख ८८ हजार ९ सय, निक्षेप १३ करोड १४ लाख, ९२ हजार ५ सय ६ र लगानी १२ करोड ७९ लाख, ९८ हजार ६ सय २ रुपैयाँ रहेको जानकारी दिए । कार्यक्रमको संचालन संचालक समिती सचिब बिमल जोशीले गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x