Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

हिमालयन जनरल इन्स्योरेन्सले नाफा बढायो

हिमालयन जनरल इन्स्योरेन्सले नाफा बढायो

काठमाडौं, २६ माघ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ५ करोड १० लाख रुपैयाँमा खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४ करोड ३ लाख रुपैयाँ रहेको खुद मुनाफा आर्जन गरेको थियो ।

कम्पनीको यस अवधीमा खुद बीमा शुल्क आर्जन पनि १५.१९ प्रतिशतले बढेर १७ करोड ५० लाख ५६ हजार रुपैयाँ पुगेको छ । त्यस्तै १४ करोड ७६ लाख २३ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको पनि जनाइएको छ । कुल दाबी भुक्तानी हुन बाँकी रकम भने ४ अर्ब २९ करोड ९१ लाख रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

हाल हिमालयनको चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x