Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हिमालयन बैंकद्वारा आवास माविलाई एक थान ल्यापटप र २० थान कम्प्युटर सहयोग

हिमालयन बैंकद्वारा आवास माविलाई एक थान ल्यापटप र २० थान कम्प्युटर सहयोग

काठमाडौं, ४ मंसिर । हिमालयन बैंक लिमिटेडले पच्चीसौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं–१४ कुलेश्वरस्थित कुलेश्वर आवास मा.वि. लाई १ थान ल्यापटप तथा २० थान कम्प्युटर प्रदान गरेको छ ।

बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर जबराले कम्प्युटरहरु विद्यालयका प्रधानाध्यापक मेघराज दुलाललाई हस्तान्तरण गरे । बैंकले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा हासिल गर्न सहयोग पु¥याउने उद्देश्यले उक्त कम्प्युटरहरु प्रदान गरेको जनाएको छ । कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालका साथै बैंकका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x