Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

हिले बर्षाका कारण महामारी फैलने डर, बर्षादको पानी प्रयोग नगर्न आग्रह

हिले बर्षाका कारण महामारी फैलने डर, बर्षादको पानी प्रयोग नगर्न आग्रह

काठमाडौं,३ असार । केही दिन यताबाट हुँदै आएको हिलो मिसिएको धमिलो बर्षा अर्थात हिले बर्षाको पानि प्रयोग गर्दा महामारी फैलेन सक्ने खतारा रहेको भन्दै सरकारले त्यस्तो पानी प्रयोग नगर्न आग्रह गरेको छ । राजस्थानको मरुभूमिमा केही दिनदेखि चलेको धुलोको हुरी (डस्ट स्ट्रोम) नेपालको वायुमण्डलमा प्रवेश गरेपछि नेपालमा बिहीबारदेखि हिलो वर्ष भएको बताइएको छ । अझै पनि पानिमा धुलोको कर्ण आउने क्रम जारी  छ । खाडी मुलुकमा यस्तो बर्ष सामान्य मानिए पनि नेपालमा भने पहिलोपटक यस्तो वर्ष भएको हो ।

हिले बर्षा भइरहदा आकाशको पानि प्रयोग नगर्न सरकारले सचेत गराएको हो ।   जल तथा मौसम विज्ञान विभागले विज्ञाप्ती निकालेरै मनसुन सक्रिय नभएसम्म बर्षातको पानी प्रयोग नगर्न सर्वसाधारणलाई सार्वजनिक आह्वान गरेको हो । भारतको राजस्थानबाट आएको धूलो नेपालको पश्चिमी भूभागबाट आँधीका रूपमा प्रवेश गरी पूर्वीय हावासँग मिश्रण हुँदा परेको पानी मानव तथा पशुपंक्षीका लागि हानिकारक रहेको भन्दै त्यस्तो पानी प्रयोग नगर्न आग्रह गरिएको छ ।

‘देशका विभिन्न भू–भागमा पहेंलो धुलोसहितको धमिलो वर्षा भएको भन्ने विभिन्न माध्यमबाट जानकारी हुन आएकोमा विभागको ध्यान आकृष्ट भएको छ,’ विभागले विज्ञप्तिमा भनेको छ, ‘भारतको राजस्थान आसपासको मरुभूमिमा केही दिनदेखि चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले क्रमशः पूर्वतिर सर्दै गंगाको फाँटमाथिको वायुमण्डलमा विस्तार हुँदै नेपालको वायुमण्डलमा समेत प्रवेश गरेको हुँदा शुक्रबार रातिबाट परेको वर्षामा धेरै स्थानमा धमिलो वा पहेंलो रंगको हिलो मिसिएको पानी परेको देखिन्छ ।’

मुलुकभर मनसुन सक्रिय नभएसम्म सो धुलोको प्रभाव नेपालको वायुमण्डल तथा नेपालमा हुने वषामा देखिने सम्भावना रहेको विभागले जनाएको छ ।धमिलो र पहेलो रङको हिलो मिसिएको पानी कुनै पनि प्रयोजनका लागि उपयुक्त नरहेकाले संकलित पानी फाल्न विभागका महानिर्देशक डा. ऋषिराम शर्माले सुझाव दिएका छन् । उनले पहेंलो र हिलो मिसिएको पानी प्रयोग भएमा महामारी फैलिन सक्ने खतरासमेत औंल्याए । उनले अझै केही दिन वर्षाको पानी स्वच्छ नहुने पनि जानकारी दिए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x