Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

१४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष १३ गतेदेखी

१४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष १३ गतेदेखी

काठमाडौं, २७ मंसिर । आत्मनिर्भरताको आधार स्वदेशी बस्तुको प्रयोग भन्ने नाराका साथ पौष १३ गते देखि १८ गते सम्म ६ दिनका लागी भृकुटीमण्डपमा आयोजना हुने भएको छ । यसं औद्योगिक प्रदर्शनीमा जुत्ता चप्पल उद्योगहरुको करिव १२५ वटा स्टल रहनेछन् ।
यो प्रदर्शनी जुत्ता तथा चप्पल एवं छालाजन्य बस्तुहरुको एकल प्रदर्शनी हुने आयोजकले बताएको छ । यस पटकको मेलालाई आकर्षक बनाउन स्टल निर्माणमा पृथकता दिइनुका साथै उत्पादनहरुको बेग्ला बेग्लै प्याभिलियनको समेत व्यवस्था गरिएको बताइएको छ । जसमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज स्याण्डलका स्टलहरु प्रदर्शनीमा रहनेछन् ।

जुत्ता–चप्पल तथा छालाजन्य वस्तुहरु उत्पादनमा प्रयोग गरिने सहायक कच्चा पदार्थका उत्पादनहरु समेत प्रदर्शनीमा राखिनेछन । साथै मेला अवधिभर प्रत्येक दिन विभिन्न चर्चित मोडल तथा कलाकारहरुद्धारा फेसन सो एवं रयाम्प वाक समेत गराइनेछ । मेलामा सामाजीक उत्तरदायीत्व वहन गर्ने उद्धेश्यले प्रत्येक दिन रक्तदान कार्यक्रम तथा प्रत्येक दिन निःशुल्क स्वास्थ्य शिवीरको पनि आयोजना गरिनेछ ।
उक्त प्रदर्शनीमा सहभागी हुन इच्छुक कम्पनीका लागी स्टल बुकिगं समेत खुल्ला गरिएको आयोजकले बताएकोछ । यस प्रदर्शनीमा प्रायोजक बाहेकका उद्योगिहरुकोे ६५ वटा स्टल बुकिङ्ग भइसकेको छ । यस प्रदर्शनीमा भाग लिन इच्छुक उद्योगिहरुको लागि केही स्टलहरु अझै बाँकी रहेको छ ।

यस प्रदर्शनीको गोल्डेन स्पोन्सरमा किरण सुज म्यानुफ्याक्चरर्सको गोल्ड स्टार र हात्ति छाप चप्पल रहेको छ भने सिल्भर स्पोन्सरमा रोयल सुज र म्याजिक चप्पल रहेको छ । त्यस्तै स्पोन्सरको रुपमा हाइलाइफ, क्यालिबर र मिलानो ले साथ दिएको छ भने को स्पोन्सरमा कोशेली, ब्ल्याक हर्स सुज, तथा नेपाल लेदर क्राफ्ट र यति रेग्जीन रहेका छन् । यस प्रदर्शनीमा करिव २ लाख भन्दा बढी उपभोक्ताहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा आयोजकले राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x