Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

१४ औं अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा घरेलु महोत्सव बैशाखमा

काठमाडौं, ७ माघ । नेपाल घरेलु तथा साना उद्योग महासंघको मुख्य आयोजनामा आगामी वैशाख १४ देखि १८ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा १४ औं अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुदैछ ।

महासंघका कार्यकारी निर्देशक चुडामणी भठ्ठराईका अनुसार मेलामा नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश, भुटान लगायतका देशका उद्यमी व्यवसायीहरुको सहभागिता रहने छ । जसमा काठ, ढुङ्गा, धातु, कला, सेरामिक्स, गलैचा, राडीपाखी, पश्मिना उनी कपडाहरु, अल्लो, बैकल्पिक नविकरणीय उर्जा सुचना प्रविधिमा आधारित २५० भन्दा वढी स्टलमा रहने उनले जानकारी दिए ।  मेलाको आवश्यक तयारी भइरहेको पनि उनले बताए ।

त्यस्तै मेलाको अर्को मुख्य आकषर्णका लघु तथा घरेलु उद्यम सम्बन्धि अन्तक्रिर्या तथा सेमिनार पनि अयोजना गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x