Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

१४ सय विन्दु मुनि पुगेको नेप्से परिसुचक अन्त्यमा माथि उक्ल्यो, ७.१९ अंकले घट्यो शेयर बजार

१४ सय विन्दु मुनि पुगेको नेप्से परिसुचक अन्त्यमा माथि उक्ल्यो, ७.१९ अंकले घट्यो शेयर बजार

काठमाडौं, ३ माघ । बुधबार शेयर बजारको परिसुचक नेप्से परिसुचक १४ सय विन्दु मुनि झरेर पुनः माथि उक्लेको छ । शेयर कारोबारको मध्य दिनमा नेप्से परिसुचक १३९९.६७ विन्दुमा पुगेको थियो । तर त्यस पछि नेप्से परिसुचक माथि उक्लन सक्यो । तर हिजोको तुलनामा आज दिनभरमा शेयर बजार ७.१९ अंकले घटेर १४०६.३२ विन्दुमा पुगेको छ ।

शेयर बजारमा गिरावट आए पनि बुधबार शेयर कारोबार रकममा भने वृद्धि आएको छ । आज शेयर बजारमा १५८ कम्पनीहरुको ९ लाख ७९ हजार १९६ कित्ता शेयरको किनबेचबाट ४० करोड ४८ लाख ६७ हजार ४६७ रुपैयाँको कारोबार भएको छ । आज शेयर बजारमा एक हजार रुपैयाँ भन्दा माथि बजार मुल्य भएका कम्पनीहरुको शेयर कारोबारको कारणले पनि कारोबार रकममा वृद्धि आएको हो ।

शेयर बजारमा आज लघुवित्त समुहको परिसुचकमा वृद्धि आएपनि अरु सबै समुहगत परिसुचकहरु घटेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x