Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

१५ औं हस्तकला व्यापार मेला भृकुटीमण्डपमा सुरु

१५ औं हस्तकला व्यापार मेला भृकुटीमण्डपमा सुरु

काठमाडौं, १ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा १५ औँ हस्तकला व्यापार मेला तथा १३ औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनी सुरुभएको छ । मेलाको आज राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरिन । उद्घाटन समारोहमा उनले नेपाली पहिचानको रुपमा रहेको हस्तकला सामाग्रीको बजार प्रवद्र्धनका लागि सरकार र नीजि क्षेत्र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन ।

वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र लगायतका अन्य विभिन्न संघसंस्थाको सहकार्यमा नेपाल हस्तकला महासंघले आयोजना गरेको मेलामा धातुजन्य सामान, चाँदीका गरगहना, पश्मिना, सूती एवं ढाका, काष्ठकला, मूत्र्तिकला , ऊनी लगायतका सामाग्रीको १० प्याभिलियन सहित २०० वटा स्टल रहेको छ । त्यस्तै अन्तर्राष्ट्रिय सहभागीका रुपमा भारत, पाकिस्तान, बंगलादेश, चीन, भुटान लगायतका मुलुकबाट उद्यमी व्यवसायीको पनि सहभागिता रहेको छ ।

मेलामा नेपाली हस्तकलाका सामाग्रीहरुको अवलोकन तथा खरिदका लागि सर्वसाधारणको भिड नै लागेको छ । यसैसाता मंगलबार सम्म चल्ने मेलामा यसका अलवा ‘बिटुबि’ बैठक समेत हुने छ । महासंघले हस्तकला व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनका लागि विसं २०४८ देखि यस्तो मेला आयोजना गर्न सुरु गरेको हो । त्यस्तै मेलामा नेपालमा उत्पादित अन्य वस्तुको छुट्टै ‘मेड इन नेपाल’ नामक प्रदर्शनी पनि संचालन गरिएको छ । यस्ता मेला महोत्सवले हस्तकला सामाग्रीको प्रवद्र्धनका साथै निर्यात बृद्धिमा ठुलो मदत पुग्ने सहभागिहरुको अपेक्षा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x