Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

१ बर्षमा ३ एम्बुलेन्स चालक मापसे कारबाहीमा, सरकारी गाडीको भने तथ्याङ्क नै छैन

१ बर्षमा ३ एम्बुलेन्स चालक मापसे कारबाहीमा, सरकारी गाडीको भने तथ्याङ्क नै छैन

काठमाण्डौं, ९ साउन । आर्थिक बर्ष २०७४÷७५ को ११ महिनामा मादक पदार्थ सेवन (मासपे) गरी सवारी चलाउने ३२ हजार २ सय ९२ जना कारबाहीमा परेका छन् । अघिल्लो आर्थिक बर्षको तुलनामा यो संख्या ३ हजार ३ सय ९६ ले बढि हो । अघिल्लो आर्थिक बर्ष २०७३÷७४ मा २८ हजार ८ सय ९६ जना यस्तो कारबाहीमा परेका थिए । त्यसमध्ये आर्थिक बर्ष २०७४÷७५मा ३ एम्बुलेन्स समेत कारबाहीमा परेका छन् ।
प्रहरीले पछिल्लो समय दुर्घटना न्युनिकरणका लागि मापसे जाँचमा कडाइ गरे पनि अनेकौ बहानामा मापसे गरि सवारी चलाउनेको संख्या बढ्दो छ । मापसे गरेर सवारी चलाउनेमा निजी गाडी र मोटरसाइकल मात्र नभइ एम्बुलेन्स र स्कुल बस सहित सरकारी गाडीहरु समेत रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । तर मापसे गरी सवारी चलाएका सरकारी गाडीहरुको एकीकृत तथ्याङ्क भने महाशाखासँग छैन ।
महाशाखाका अनुसार गत आर्थिक बर्ष २०७३÷७४ मा देशभरबाट २० एम्बुलेन्स चालकलाई सार्वजनिक मुद्दा चलाइएको थियो । एम्बुलेन्सलाई संवेदनशील सवारी साधनका रुपमा परिभाषित गरिए पनि विरामी बचाउन हिँडेका चालक आफै मापसे कारबाहीमा परेपछि ट्राफिकले अहिले एम्बुलेन्सलाई पनि चेक गर्न थालेको महाशाखाका प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए ।
आर्थिक बर्ष २०७४÷७५मा उपत्यकाका मात्रै ३ एम्बुलेन्स एक निजी भ्यान र एक सार्वजानीक बस चालकलाई सार्वजनिक मुद्दा समेत चलाइएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोही आर्थिक बर्षमा कारवाहीमा परेका ३२ हजार २ सय ९२ जना मध्ये २८ हजार १ सय ११ जनालाई सडक सचेतना सुरक्षा सम्बन्धी कक्षामा समेत सहभागी गराइएको छ भने लेन अनुशासनको कारबाहीमा परेका ४९ हजार ७ सय जना मध्ये ४८ हजार ९ सय जनालाई सडक सचेतना कक्षामा सहभागी गराइएको छ ।
यसै गरी मापसे सेवन गरी सवारी चलाउने चालकको समेत जरीवाना दोब्बर पारेको छ । मापसे गरेर सवारी चलाए वापत पहिले लिने गरेको ५ सय जरीवाना लाई अहिले १ हजार पु्याइएको छ । अझै पनि मादक पदार्थ सेवन गरी सवारी चलाउने एकै चालक ५ पटक सम्म पक्राउ परेको तथ्याङ्क पनि प्रहरीसँग छ । यस्ता चालकलाई ६ महिना सम्म अनुशासन कारवाही गरी नयाँ लाइसेन्सका लागि स्वीकृती दिने व्यवस्था महाशाखाले गरेको छ ।
गत आर्थिक बर्षमा मापसेका कारण सवारी दुर्घटनामा परेका २ सय ११ जना मध्ये ११ जनाको ज्यान गएको, १५ गम्भिर घाइते र १ सय ७३ जना सामान्य घाइते भएको तथ्याङ्क प्रहरीले सार्वजानीक गरेको थियो । विशेष गरी चालक चेतनाको अभावले भन्दा लापरबाही र हेपाहा प्रवृतीका कारण मापसे गरी सवारी चलाउने गरेको महाशाखाका प्रहरी उपरिक्षक मैनालीले बताए । महाशाखाका अनुसार मापसे गरी सवारी चलाउनेमा महिलाको भन्दा पुरुषको संख्या बढि छ । आर्थिक बर्ष २०७४÷७५मा ३२ हजार २ सय ९२ कारबाहीमा ३२ हजार २ सय ३४ पुरुष र ५८ मात्र महिला छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x