Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

२५ प्रतिशत हकप्रद शेयरका लागि सिनर्जी फाइनान्सको बुक क्लोज जेठ ३० गते

२५ प्रतिशत हकप्रद शेयरका लागि सिनर्जी फाइनान्सको बुक क्लोज जेठ ३० गते

काठमाडौं, २२ जेठ । हकप्रद शेयर प्रयोजनको लागि सिनर्जी फाइनान्सले जेठ ३० गते शेयर दर्ता किताब बन्द गर्ने भएको छ । फाइनान्सले १ बराबर ०.२५ अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ ।

फाइनान्सले ११ करोड ८६ लाख २ हजार २४७ रुपैयाँ बराबरको ११ लाख ८६ हजार २२.४७ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यस हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । फाइनान्सले हकप्रद शेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । हकप्रद शेयर सुरक्षित गर्न लगानीकर्ताहरुले जेठ २९ गतेसम्ममा फाइनान्सको शेयर खरिद गर्न आवश्यक रहेको छ ।

हकप्रद पछि फाइनान्सको चुक्ता पुँजी ५९ करोड ३१ लाख रुपैयाँ पुग्नेछ । फाइनान्सको हाल चुक्ता पुँजी ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x