Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

३२ जिल्लाको मतगणना साँझ ५ बजेपछि

३२ जिल्लाको मतगणना साँझ ५ बजेपछि

काठमाडौं, २१ मंसिर । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामा आज साँझ ५ बजेपछि मतगणना सुरु गरिने छ । निर्वाचन आयोगका अनुसार दोस्रो चरणको निर्वाचनको मतदान कार्य समापन हुने वित्तिकै ३२ जिल्लामा मतगणना सुरु गरिने छ ।

ति जिल्लाहरुमा मंसिर १० गते निर्वाचन सम्पन्न भइसकेको छ । त्यहाँका मतपेटीकाहरुलाई यसअघि नै सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा ल्याइ सकिएको छ ।

त्यस्तै दोस्रो चरण अन्तर्गत आज भइरहेको निर्वाचनको पनि मतपेटिका संकलन भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले राजनीतिक दल र उम्मेदवारसँग परामर्श गरेर समय निर्धारण गरि गणना थाल्ने आयोगले जनाएको छ ।

यी दुई निर्वाचनबाट प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ कुल १ सय ६५ र प्रदेशसभाको प्रत्यक्षतर्फको ३ सय ३० जनप्रतिनिधि चयन गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x