Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

५ औं राष्ट्रिय औधोगिक प्रर्दशनी चैत २३ देखि चितवनमा

काठमाडौं, ३० फागुन । ५ औँ राष्ट्रिय औधोगीक प्रदर्शनी आउँदो चैत्र २३ गते हुने भएको छ । दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवद्धनी भन्ने नाराका साथ नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको संयुक्त आयोजनामा हुन लागेको सो प्रर्दशनी चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुनेछ ।

चितवन ५० बर्ष अघि देखि जैविक पर्यटकीय स्थलका रुपमा परिचित भएकाले चितवनलाई औद्योगीक राजधानीका रुपमा पहिचान दिन सो प्रदर्शनी चितवनमा गर्न लागिएको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । प्रदर्शनीमा सूचना प्रविधि, उद्योगका उत्पादन, महिला उद्यमी, कृषि तथा पशुजन्य उत्पादन, पर्यटन, रोजगार, वित्तिय संस्था सम्बन्धी २५० स्टलहरु रहनेछन् । स्थानिय उद्योग र उत्पादनको प्रवद्र्धनका लागि प्रर्दशनीले ठुलो मदत गर्ने अपेक्षा लिइएको छ ।

प्रर्दशनी संचालनका लागि ३० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । जसमध्ये ५० प्रतिशत प्रर्दशनीकर्ताबाट संकलन गरिने छ भने बाँकी ५० प्रतिशत रकम सरकारले सहयोग गर्ने जनाइएको छ । प्रदर्शनी चैत्र २७ गते सम्म चल्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x