Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

९ अर्ब २७ करोड रुपैयाँ शोधनान्तर घाटा

९ अर्ब २७ करोड रुपैयाँ शोधनान्तर घाटा

काठमाडौं, ३ माघ  । चालु आर्थिक वर्षको पहिलो पाँच महिना (मंसीर) मा ९ अर्ब २७ करोड रुपैयाँ शोधनान्तर घाटा भएको छ । शोधानान्तरले मुलुक भित्र आउने र बाहिर जाने रकमको चित्रण गर्दछ । उच्च आयात, रेमिट्यान्सको आप्रवाहमा कमी, कमजोर निर्यात र विदेशी सहयोगको भुक्तानी आदिमा कमीका कारण शोधानान्तर घाटा उच्च भएको हो । गत महिनासम्म शोधनान्तर बचतमा थियो । गत वर्ष सोही अवधिमा मुलुक २८ अर्ब ७८ करोड शोधनान्तर बचतमा थियो ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको बृहद आर्थिक परिदृश्य सम्बन्धि पाँच महिनासम्मको प्रतिवेदनले चालु खाता घाटा बढ्दै गएको देखाउँछ । चालु खाता घाटा गत महिनाको करिब २६ अर्ब रुपैँयाबाट बढेर झण्डै ४२ अर्ब रुपैयाँ पुगेको छ ।
कात्तिक र मंसीर महिनाको बीचमा विदेशी विनिमय सञ्चिति पनि झण्डै २० अर्ब रुपैयाँले घटेको छ । विदेशी विनिमय सञ्चितिमा रेमिट्यान्समा मात्र बढी भर पर्दा यो अवस्था आएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । विदेशी विनियम सञ्चिति घट्दै गएको खण्डमा नेपालको वस्तु तथा सेवा आयात गर्ने क्षमतामा ह्रास आउँछ । विदेशी विनिमय सञ्चितिले आठ महिनासम्मको वस्तु र सेवा धान्न नसक्ने अवस्था आएमा त्यसलाई असहज अवस्था मानिन्छ र आयातमा नियन्त्रण नै गर्नुपर्ने अवस्था पैदा हुन्छ । राष्ट्र बैंकका अनुसार विद्यमान विदेशी विनिमय सञ्चितिले ११ महिनाको वस्तु तथा सेवा र १२.८ महिनाको वस्तु र सेवा धान्न पर्याप्त हुन्छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x