Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

९ किलो चरेश सहित २ जना पक्राउ

कैलाली २१ पुस । अमेरिकाघाट नेपाल भारत सिमामा खटिएका सिमा प्रहरी चौकी बहुलिया कैलालीले ९ किलो चरेश सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने दुबै जना भारत जाँदै गर्दा सिमानामा उनीहरुको झोलामा चरेश फेला परेको हो । प्रहरी नायव निरीक्षकको टोलीले जिल्ला बाजुरा दहकोट २ बस्ने विवेक बोहरा र जिल्ला बाजुरा मानाकोट गा।वि।स वडा न। ८ बस्ने दिनेश रोकायलाई पक्राउ गरेको हो । उनीहरु माथि उपर लागु औषध ऐन अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भई रहेका जिल्ल प्रहरी कार्याले जनाएको छ ।
त्यसै गरी २ थान मोटर साईकल सहित ा संलग्न ३ जना अभियुक्तलाई पक्राउ पक्राउ गरेको प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलालीमा विभिन्न समयमा मोटर साईकल चोरी भएका उजुरी भए पछि चोरीमा संलग्न मानिसहरुको खोजविन गर्न प्रहरी परिचालन गरिएको थियो ।
चोरीमा संलग्न मनिस चौधरी, राज चौधरी, र रामजित चौधरी समुह बद्ध रुपमा मोटर साईक चोरी गर्ने गरेको आरोपमा पक्राउ परेका छन् । उनीहरुले से २ प ६१३६ र से २ प ८५०३ नम्बरको मोटर साईकल सहित पक्राउ परेका हुन् उनीहरुलाई कैलाली जिल्ला अदालतबाट चोरी मुद्धामा ७ दिन म्यादथप गरी अनुसन्धान कार्य जारी रहेको जिलला प्रहरी कार्यालयले जनाएको छ ।
(

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x