Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सन् २०१८ को चार महिनामा ३८७,५६८ पर्यटक भित्रिए

सन् २०१८ को चार महिनामा ३८७,५६८ पर्यटक भित्रिए

काठमाडौं, २ जेठ । सन् २०१८ को पहिलो चार महिनामा (जनवरीदेखि अप्रिल) हवाई मार्गबट कुल तीन लाख ८७ हजार पाँच सय ६८ पर्यटक भित्रिएका छन् । अघिल्लो वर्षको तुलनामा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यो वर्ष दश लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा हुने अनुमान गरेको छ ।
यो अवधिमा सबैभन्दा बढी पर्यटक चीनबाट भित्रिएका छन् । यो अवधिमा ५३ हजार पाँच सय २८ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, भारतबाट ५० हजार सात सय ४५ पर्यटक नेपाल आएका छन् ।
बढी पर्यटक आउने पाँच देशहरुमा क्रमशः चीन, भारत, अमेरिका, बेलायत, थाइल्याण्ड रहेका छन् । अमेरिकाबाट २९ हजार पाँच सय ५० पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, बेलायतबाट २१ हजार नौ सय ५० र थाइल्याण्डबाट २१ हजार चार सय ९५ पर्यटकले यो वर्ष नेपालको भ्रमण गरेका छन् । दक्षिण एसियाली देशहरुबाट पनि पर्यटकको संख्यामा क्रमशः वृद्धि हुँदै गएको छ । यो अवधिमा श्रीलंकाबाट १८ हजार एक सय ६६ र बंगलादेशबाट १० हजार नौ सय ४५ पर्यटक नेपाल आएका छन् । यसैगरी जर्मनीबाट १३ हजार ४ सय ४२ तथा अष्ट्रेलियाबाट १२ हजार छ सय २८ पर्यटक नेपाल आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x