Date

सोम, कार्तिक १७, २०८२
Mon, November 3, 2025

ई–जीपीमा चापले समस्या, सार्वजनिक खरिद कार्यालयले सावधानीका लागि आग्रह

ई–जीपीमा चापले समस्या, सार्वजनिक खरिद कार्यालयले सावधानीका लागि आग्रह

काठमाडाैं, १६ कार्तिक । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा अत्यधिक चापका कारण देखिएको समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ।

कार्यालयका अनुसार, धेरैजसो बोलपत्रदाता अन्तिम समयमा मात्र बिड समिट गर्ने भएकाले प्रणालीमा भार बढ्ने र प्राविधिक समस्या देखा पर्ने गरेको छ। यसले बोलपत्र प्रक्रियामा जटिलता र बोलपत्र छुट्ने जोखिम बढाएको छ।

कार्यालयले स्पष्ट पारेको छ, “यदि सर्भरमा समस्या आएर कुनै प्रयोगकर्ताले पहुँच नै नपाए मात्र म्याद थप गरिनेछ। तर अन्तिम समयमा प्रणाली ढिलो भएको कारण मात्र म्याद थप गर्न नमिल्ने भएकाले समयमै बिड समिट गर्न सबै सहभागीलाई आग्रह गरिएको छ।”

यसअर्थ, सहभागीहरूले अन्तिम क्षणसम्म पर्खनुको सट्टा समयमै बिड प्रक्रिया पूरा गर्न ध्यान दिनुपर्ने बताइएको छ।

सार्वजनिक खरिद कार्यालयले प्राविधिक सहजता र प्रभावकारी प्रक्रियाका लागि यो पहल गरिरहेको बताउँदै, सबै बोलपत्रदातालाई सक्रिय र जिम्मेवार रहन आग्रह गरेको छ।

vimp_notice_07-04_jxexqaz

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *