सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो
काठमाडौँ, १६ मंसिर । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ३ हजार ५३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार सामान्य बढेर ३ हजार ५४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



