Date

मङ्ल, मंसिर २३, २०८२
Tue, December 9, 2025

नेप्सेमा ७.३९ अंकको वृद्धि, १४१ कम्पनीको मूल्य बढ्यो

नेप्सेमा ७.३९ अंकको वृद्धि, १४१ कम्पनीको मूल्य  बढ्यो

काठमाडौं, २३ मंसिर । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ७.३९ अंकले बढेर २६१४.०७ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड माथिको सेयर कारोबार भएको छ । आज १४१ कम्पनीको सेयर मूल्य बढ्दा १०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज ङादी ग्रुपको सर्वाधिक ३१ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा लक्ष्मी सनराइज बैंकको ११ करोड १४ लाख रुपैयाँ र तेस्रोमा राधी विद्युतको ९ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन स्वास्तिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, श्रीनगर एग्रीटेकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्।

हिमस्टार उर्जाका लगानीकर्ताले आज सर्वाधिक ३.८८ प्रतिशतका दरले गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *