Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम, बीमा कार्ड देखाउँदा समेत पाएनन् सेवा

प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम, बीमा कार्ड देखाउँदा समेत पाएनन् सेवा

बिबेक नगारी

धनगढी, ८ माघ ।  सरकारले स्वास्थ्य सेवा उपयोगका क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत स्वास्थ्य बीमा कार्यक्रम ल्याएको जनाइएको छ । सामाजिक सुरक्षा कार्यक्रम भए पनि प्रभावकारीरूपमा कार्यान्वयन नहुँदा नागरिकले स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।

सुदुरपश्चिम प्रदेशकै रिफलर सेती प्रादेशिक अस्पतालमा दैनिक २ हजार देखि २५ सय सम्म बिरामीहरुलाई सेवा दिदै आईरहेको छ। स्वास्थ्य बीमा कार्यक्रम मार्फत प्रादेशिक अस्पतालमा दैनिक करिब १५ सय स्वास्थ्य बिमीतहरुले सेवा लिईरहेका छन। स्वास्थ्य बीमा गरेपछि सबै रोगको उपचार र सबै औषधि निःशुल्क पाउनु पर्नेमा बिमीतहरुले सहजै सेवा पाउन सकेका छैन्न।

कैलाली धनगढी उप महानगरपालिका–११ का मन्तोरा रानाले स्वास्थ्योपचारका लागि स्वास्थ्य बीमा गराएको कार्डसहित सेती प्रादेशिक अस्पतालमा पुगेकी रानाले अस्पतालमा बीमा कार्ड देखाउँदै उनले निःशुल्क सेवा लिन खोजे पनि सेवा नपाएँको गुनासो गरिन। उनीसँगै अस्पतालमा भेटिएका बालमिकी जोशीले पनि स्वास्थ्य बीमाको सहुलियत औषधि नपाएको बताए । उनले बीमा गराउँदा सरकारी अस्पतालमा उपचार र औषधि निःशुल्क मिल्ने बताए पनि सेवा लिन नपाएको गुनासो गरे।

यस्तै प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले स्वास्थ्य बोर्डले बीमावापतको भुक्तानी समयमै नगरिदिँदा समस्या हुने गरेको बताए । बोर्डले समयमै अस्पताललाई भुक्तानी नर्गदा पनि औषधि खरिद गर्नुपछ अस्पतालले गरेको बोलपत्र आह्वानमा कतिपय औषधि परेनन् त्यसले पनि औषधि नपाएको हुनसक्ने । उनले अस्पतालले केही दिनभित्रै दोस्रो बोलपत्र आह्वान गरेर औषधि खरिद गर्ने तयारी गरिरहेको बताए । उनले बीमा बोर्डले तोकेका ८० प्रकारका औषधिबाहेकका अन्य औषधि पनि माग हुने गरेका कारण सेवाग्राहीले सेवा नपाएको गुनासो गर्ने गरेको मेडिकल सुपरीटेन्डेन्ट डाक्टर पाण्डेले बताए ।

गोदावरीस्थित गेटा आँखा अस्पतालले लामो समयसम्म बीमाबाट पाउनुपर्ने पैसा नपाएपछि स्वास्थ्य बीमाकार्डबाट सेवा दिन बन्द गरेको छ। लामो समयदेखि विमितको पैसा भुक्तानी नभएको र पटक–पटक रकम भुक्तानीका लागि परिपत्र गर्दा समेत बेवास्ता गरेको भन्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न बाध्य भएको गेटा आँखा अस्पताललका प्रशासकिय अधिकृत गोबिन्द प्रसाद जोशीले बताए ।

स्वास्थ्य बीमा समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्य रहेको स्वास्थ्य बीमा बोर्डका सुदुरपश्चिम प्रदेश संयोजक रमेन्द्र प्रसाद कुश्वाहा बताए। बीमा बोर्डले सेवा प्रदायक संघसंस्था हरुलाई रुजु गरि बेला बेलामा भुक्तानी गरिरहेको प्रदेश संयोजक कुश्वाहा बताए।

स्वास्थ्य बीमा बोर्डका अनुसार सुदुरपश्चिम प्रदेशमा बीमा गर्नेहरूको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०७९÷४लाख अठ्ठासी हजार दुई सय ९४ जनाले स्वास्थ्य बीमा गराएको बीमा बोर्डमा दर्ता गराएको तथ्कं रहेको छ । बोर्डले बीमा कार्यक्रमका लागि सुदुरपश्चिम प्रदेशका ९ओटा जिल्लामा सरकारी र निजी गरी २५ अस्पताललाई सूचीकृत गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x