Date

सोम, साउन ५, २०८२
Mon, July 21, 2025

लगानीकर्ता ज्ञान अभिवृद्धिमा धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच सहकार्य

लगानीकर्ता ज्ञान अभिवृद्धिमा धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच सहकार्य

काठमाडाैं, १९ असाेज । पुँजी बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गरी सुसूचित एवं विश्वसनीय धितोपत्र बजार विकास गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ बीच पूँजी बजार सम्बन्धी ज्ञान तथा जनचेतना अभिवृद्धिका लागि लगानीकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा बिहिबार आयोजित एक कार्यक्रममा उक्त समझदारी भएको हो । उक्त समझदारीपत्रमा बोर्डका अध्यक्ष रमेश कुमार हमाल र महासंघका अध्यक्ष श्री चन्द्र प्रसाद ढकालले हस्ताक्षर गरे ।

कार्यक्रममा बोर्डका अध्यक्ष रमेश कुमार हमालले समझदारीका लागि महासंघलाई धन्यवाद ज्ञापन गर्दै वित्तीय साक्षरता अभिवृद्धिमा एक कोसेढुंगा सावित हुने बताए । धितोपत्र बजारमा लगानी तथा जोखिम सम्बन्धी जनचेतना अभिवृद्धि हुने उनको भनाई थियाे।

कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको सञ्जाल देशव्यापी रहेको र उक्त सञ्जाल मार्फत धितोपत्र बजार सम्बन्धी ज्ञान अभिवृद्धिमा विशेष योगदान गर्न सकिने हुँदा समझदारी गरिएको बताए। करिब ५९ लाख लगानीकर्ता रहेको धितोपत्र बजार बिकासमा सरकार सम्वेदनशील हुनुपर्ने अध्यक्ष ढकाललको भनाइ छ ।

हाल नेपालमा धितोपत्र बजारमा आवद्ध डिम्याट खाता लिने लगानीकर्ताको संख्या ५९ लाख ४८ हजार भन्दा बढी पुगिसकेको सन्र्दभमा धितोपत्र बजारलाई सुसूचित एवं विश्वसनीय बनाउन लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यलाई निरन्तररुपमा सञ्चालन गर्नु अपरिहार्य भएको सन्दर्भमा बोर्ड तथा महासंघसँग बीच भएको समझदारीले दीघकालीन रुपमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि सञ्चालन भई धितोपत्र बजारमा सुसूचित लगानीमार्फत बजारमा स्थायित्व अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *