Date

शुक्र, साउन २३, २०८२
Fri, August 8, 2025

मधेश युनाईटेडको नयाँ लोगो सार्वजनिक

मधेश युनाईटेडको नयाँ लोगो सार्वजनिक

काठमाडौं,  २२ साउन । मधेश युनाईटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतीकमा समेटेको छ । नयाँ लोगो हरियो रङ्को रहेको छ ।

खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएको छ जसले टिमको खेल र प्रतिस्पर्धाको भाव दर्शाउँछ । यसको चारै तिरका लहरहरूले भलिबलको गतिशीलता, ऊर्जा र तीव्रताको प्रतीक दर्शाउँछ ।

लोगोको माथिल्लो भागमा जानकी मन्दिर प्रेरित एक मन्दिरको आकृति रहेको छ, जुन मधेश क्षेत्रको सांस्कृतिक पहिचान र धार्मिक सम्पदाको प्रतीक हो । मन्दिरले मधेशको ऐतिहासिकता र संस्कृतिलाई समेटेको छ ।

मधेश युनाईटेड को लोगो खेलकुद र संस्कृतिको उत्कृष्ट संयोजन बनेको छ जसले मधेशको सांस्कृतिक सम्पदा र महिला भलिबलको उदयशील प्रतिनिधित्वलाई एकै साथ प्रस्तुत गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *