Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आईतबार नेप्सेमा ११ अकंको वृद्धि

आईतबार नेप्सेमा ११ अकंको वृद्धि

काठमाण्डौ ३१ भदौ । साताको पहिलो दिन आईतबार नेप्सेमा सकारात्मक भएर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ११ दशमलव ६९ अंकले बढेर १ हजार २ सय ५६ दशमलव ५३ को बिन्दुमा कारोबार बन्द भएको हो ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने २ दशमलव ६६ अंकले बढेर २ सय ६६ दशमलव ९३ अंकमा पुगेर बन्द भएको छ । आईतबार कुल १ सय ६६ कम्पनीको ३० लाख ७० हजार २३१ कित्ता शेयर खरिदबिक्री हुँदा ९१ करोड ५२ हजार ९२ सय २ सय ४ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी आईतबार एनएमबी बैंककोृ ७ करोड १४ लाख ४ हजार १ सय ९१ सय रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै आईतबार सर्वाधिक कमाउनेमा भार्गव विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ५२ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा एक्सेल डेभलपमेन्ट बैंक, ताराँगाँउ रेजेन्सी होटल र समित माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ प्रतिशत भन्दा माथिले घटेको छ ।

यस दिन सबै उपपरिसूचकहरुमा हरियाली छाएका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समूह ४८ दशमलव ५ अंकले बढेको छ । त्यस्तै उत्पादक तथा प्रशोधन समूहमा २६ दशमलव ५१ अंकले, विकास बैंक समूहमा २० दशमलव ८९ अंकले, निर्जीवन बीमा समूहको २० दशमलव १८ अंकले, बैंकिंग समूह १३ दशमलव ७१ अंकले, लघुवित्त समूह ८ दशमलव ३१ अंकले, जलविद्युत समूह ६ दशमलव ५४ अंकले, होटल समूह ४ दशमलव ३५ अंकले, फाइनान्स समूह ३ दशमलव ११ अंकले र अन्य समूह शुन्य दशमलव ५४ अंकले बढेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x