Date

आइत, कार्तिक १६, २०८२
Sun, November 2, 2025

प्रधानमन्त्री कार्की र सात मुख्यमन्त्रीबीच आज संवाद बैठक बालुवाटारमा

प्रधानमन्त्री कार्की र सात मुख्यमन्त्रीबीच आज संवाद बैठक बालुवाटारमा

काठमाडाैं, १६ कार्तिक । प्रधानमन्त्री सुषिला कार्कीले आज (आइतबार) साँझ ४ बजे सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त बैठक आह्वान गरेकी छिन्। बैठक प्रधानमन्त्रीको आधिकारिक निवास बालुवाटारमा बस्नेछ।

प्रधानमन्त्री कार्यालयका अनुसार बैठकको उद्देश्य संघीय र प्रादेशिक सरकारबीच संवाद र समन्वय सुदृढ गर्नु रहेको छ। पछिल्लो राजनीतिक परिप्रेक्ष्यमा संघीय व्यवस्थाको कार्यान्वयन र नीति–कार्यक्रमबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा बैठक केन्द्रित हुनेछ।

बैठकमा सहभागी हुने मुख्यमन्त्रीहरूमा कोशी प्रदेशका हिक्मतबहादुर कर्की, मधेश प्रदेशका जितेन्द्रप्रसाद सोनल, बागमती प्रदेशका इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका चेतनारायण आचार्य, कर्णाली प्रदेशका यमलाल कंडेल, र सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह रहेका छन्।

प्रधानमन्त्री कार्कीले सातै मुख्यमन्त्रीसँग संघीय–प्रादेशिक नीति, बजेट कार्यान्वयन, विकास परियोजनाको समन्वय र केन्द्र–प्रदेशबीचको शक्ति सन्तुलन जस्ता विषयमा प्रत्यक्ष छलफल गर्ने तयारी गरेकी छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, यो बैठकलाई संघीय अभ्यासलाई सुदृढ बनाउने संवादको थालनीका रूपमा लिइएको छ, जसले आगामी दिनमा केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *