Date

मङ्ल, मंसिर १६, २०८२
Tue, December 2, 2025

शरद ओझाको मुद्दामाथि आज सर्वोच्च अदालतमा छलफल हुँदै

शरद ओझाको मुद्दामाथि आज सर्वोच्च अदालतमा छलफल हुँदै

काठमाडौँ, १६ मंसिर । नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट बर्खास्त गर्ने तत्कालिन सरकारका विरुद्धमा शरद ओझाले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश मोहम्मद अजिज मुसलमान र श्रीकान्त पौडेलको संयु्क्त इजलासमा आजको लागि सुनुवाई हुने गरी इजलास तोकिएको छ ।

यसअघि अल्पकालिन आदेश पाएर पनि हाजिर गर्न नपाएका ओझाको पक्षमा आजको मुद्दाको सुनुवाई गर्न खोजिएको देखिन आएको छ ।

फर्जी कागजात पेश गरी नेपालको मन्त्रिपरिषदलाई नै झुक्याएर नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका ओझाको सो फर्जी सम्बन्धी मुद्दामा तिनै न्यायाधीम अब्दुल अजिज मुसलमानले यसअघि अन्तरिम आदेश दिन नमानेका कारण आजको मुद्दा हेर्न नमिल्नेमा पर्ने सम्भावना पनि छ । तर, न्यायाधीशले नै नैतिकता बिर्सेर नयाँ आदेश दिने सम्भावना पनि उत्तिकै छ ।

ओझाले सर्वोच्च अदालतमा दायर गरेको ०८२ डब्लुओ ०२५७ को मुद्दाको सुनुवाई हुन लागेको हो । उनको फर्जी कागजात तथा योग्यता सम्बन्धी मुद्दा पेशीमा चढ्न बाँकी नै छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *