Date

मङ्ल, मंसिर १६, २०८२
Tue, December 2, 2025

नेप्से झिनो अंकले घट्यो, ४ अर्ब ४८ करोडको शेयर खरिदबिक्री

नेप्से झिनो अंकले घट्यो, ४ अर्ब ४८ करोडको शेयर खरिदबिक्री

काठमाडौं, १६ मंसिर । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा बन्द भएको छ ।

आज चार अर्ब ४८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।
१२५ कम्पनीको शेयरमूल्य बढेको छ । ११९ कम्पनीको शेयरमूल्य घटेको छ । १३ कम्पनीको शेयरमूल्य स्थिर छ ।
६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

१० प्रतिशतले शेयरमूल्य बढ्नेमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, माबुलुङ, भूगोल हाइड्रो र श्रीनगर एग्रिटेक इन्ड्रष्ट्री छन् । भरखरै आईपीओ निष्काशन गरेको यी कम्पनीको निरन्तर शेयरमूल्य बढिरहेको छ । ग्रिन भेन्चरको शेयरमूल्य ९.८५ प्रतिशतले घटेको छ ।

५ समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *