नेप्सेमा सूचीकृत भयो एसवाई प्यानल, कतिमा होला पहिलो कारोबार ?
काठमाडौं, २३ मंसिर । नेपाल स्टक एक्स्चेन्जमा नयाँ कम्पनी एसवाई प्यानल सूचीकृत भएको छ ।
कम्पनीको कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता सेयर सूचीकृत भएको हो । जसमा ४० प्रतिशत सेयर सर्वसाधारण समूहको र बाँकी ६० प्रतिशत संस्थापकको छ ।
सूचीकृत सम्बन्धी सम्झौतामा एसवाई प्यानल र नेप्सेबीच मंगलबार सम्झौता भएको हो । आईपीओ परेकालाई सो कम्पनीको सेयर डिम्याट खातामा आइसकेको छ ।
कम्पनीको कोड संकेत एसवाईपीएनएल रहेको छ । कम्पनीको पहिलो कारोबारका लागि मूल्य १०६.६१ रुपैयाँदेखि ३१९.८३ रुपैयाँसम्म तोकिएको छ । पहिलो कारोबारपछि एक दिनमा मूल्य १० प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ ।
आरटीएस सेवा प्रभु क्यापिटलले दिनेछ । बुधबारदेखि बजारमा कारोबार सुरु हुनेछ ।



