लामो समयदेखि रोकिएको दूधको चार अर्ब भुक्तानी
काठमाडौं, २३ मंसिर । लामो समयदेखि रोकिएको किसानको दूधको करिब चार अर्ब रुपैयाँ भुक्तानी भएको छ ।
दुग्ध विकास संस्थान (डिडिसी) ले १ अर्ब र निजी डेरी उद्योगहरूले करिब ३ अर्ब रुपैयाँ भुक्तानी गरेपछि आन्दोलित किसानले राहत पाएका हुन् । संस्थान र निजी डेरीहरूले गोदाममा थुप्रिएको धुलो दुध (पाउडर) र बटर बिक्री गरेर किसानको बक्यौता रकम तिरेका हुन् ।
डिडिसीले अझै ४५ करोड रुपियाँ (तीन महिनाको) तिर्न बाँकी रहेको जनाएको छ भने निजी डेरीहरूको अधिकांश भुक्तानी सकिएको छ ।
कृषि मन्त्रालयका अनुसार पछिल्लो समय मुलुकमा दूधको उत्पादन पनि बढ्दो क्रममा रहेको छ ।



